aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पूर्व अर्थमन्त्री तथा सञ्चारमन्त्री कार्कीले चुनाव हार्ने भएपछि धाधलीको आशंका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ मंसिर २०७९
पूर्व अर्थमन्त्री तथा सञ्चारमन्त्री कार्कीले चुनाव हार्ने भएपछि धाधलीको आशंका

सुनसरी। पूर्व अर्थमन्त्री तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनाव हार्ने भएपछि सुनसरीमा मतगणना रोकिएको छ । नेपाली कांग्रेसले धाँधलीको आशंका जनाएपछि सुनसरी ४ को प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको हो । मतगणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । 

सोही विषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठकको माग गरेका छन् । सो पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । सर्वदलीय बैठक डाकिएसँगै प्रतिनिधिसभा तर्फको मत गणना तत्कालका लागि रोकिएको छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार कार्की २३ हजार ४ सय ३९ मतका साथ झिनो अग्रतामा रहेका छन् । प्रतिस्पर्धी एमाले उमेदवार जगदीसप्रसाद कुसियैतले २३ हजार ३ सय ४१ मत ल्याएका छन् । कुसियत ९८ मतले अगाडि रहेका छन् । सुनसरी ४ को प्रतिनिधिसभा तर्फ ८ वटा वडाको मत गन्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस