aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पूर्व शिक्षामन्त्री गिरिरामणी पोखरेलले चुनाव हारे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ मंसिर २०७९
पूर्व  शिक्षामन्त्री गिरिरामणी पोखरेलले चुनाव हारे

महोत्तरी । महोत्तरी–१ मा पूर्व शिक्षामन्त्री गिरिरामणी पोखरेललाई हराउँदै नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएका छन्। नेकपा (माओवादी केन्द्र)का पोखरेललाई एक हजार ३१ मतले  उछिन्दै विजयी भएका हुन् । 

महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरेका छन् । त्यसैगरी महोत्तरी–१ (१) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी हभएकी छिन् ।

थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ । जिल्लामा चार प्रतिनिधसभा र आठ प्रदेशसभा क्षेत्र छन् ।

प्रतिक्रिया दिनुहोस