काठमाडौं । रामेछापमा नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ (कान्छाराम) विजयी भएका छन् ।
भर्खरै सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका कैलास ढुङ्गेललाई १६ हजार ३६९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
रामेछापका निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले ४७ हजार ९८ मत ल्याए भने ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस