aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पूर्वसभामुख नेम्बाङ ११४ मतान्तरले विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ मंसिर २०७९
पूर्वसभामुख नेम्बाङ ११४ मतान्तरले विजयी

काठमाडौं । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरे । 

पछिल्लो परिणाम अनुसार नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता प्रतिनिधि सभामा यसै क्षेत्रबाट निरन्तर निर्वाचित हुँदै आएका छन् ।  

प्रतिक्रिया दिनुहोस