
एजेन्सी । भारतका लाखौं मानिसहरू विश्वको ८औं र एशियाको दोस्रो धनी व्यापारी मुकेश अम्बानीको उत्पादन र सेवाहरू वा उनीसँग साझेदारी गर्ने फर्महरूमा निर्भर छन्। फोर्ब्सका अनुसार रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीको कुल सम्पत्ति ९३.२ बिलियन डलर छ ।
मुकेश अम्बानीका पिता धीरुभाई अम्बानीले १९५० को दशकमा कपडा व्यवसायबाट यो कम्पनी सुरु गरेका थिए । कपडाबाट सुरु भएको कम्पनीको यात्रा आज ऊर्जा, सामग्री, खुद्रा, मनोरञ्जन र डिजिटल सेवामा फैलिएको छ । कम्पनीले २०० भन्दा बढी उत्पादन र सेवाहरू छन ।
रिलायन्स इन्डस्ट्रिजको साम्राज्य कति ठूलो छ ? यो समूहले के कस्ता सामान र सेवाहरू प्रदान गर्दछ ? रिलायन्सका कति ब्रान्डहरू छन् । चभकतयाधयचमि।यचन को रिपोर्टका अनुसार प्रत्येक भारतीय मुकेश अम्बानीको कम्पनीहरूको एक वा अर्को उत्पादन र सेवाहरूसँग कसरी जोडिरहेका छन् ।
जियोफोन नेक्सट यसको मूल्य करिब ७१९८.४ रुपैयाँ रहेको छ । त्यस्तै, मनिकंट्रोल यो फाइनासियल न्युज पोर्टल १९९९ मा सार्वजनिक गरिएको थियो । जसको मूल्य २७.२ करोड रुपैयाँ रहेको छ । जस्ट डाइल २६ वर्ष पुरानो यो सर्च इन्जिन छ जुनमा स्थानीय स्तरमा सेवाहरुको खोजीका लागि काम गर्ने गरेको छ । जियो सिनेमा २०१६ मा सार्वजनिक गरिएको यो जियोका ग्राहकलाई बनाइएको थियो ।
त्यस्तै, ग्रैब डेलिभरी लजिस्टिक्स् स्टार्टअफलाई २०१९ मा १.६० करोडमा किनेको थियो । माया जियो जसको मुल्य ६४ करोड रुपैयाँ रहेको छ । वुट यो मिडिया र मनोरञ्जनसँग सम्बन्धीत कम्पनी हो । फायड यो अफ लाइन सपिङ प्लेटफर्म हो । अर्को रेभरी यो ट्रान्लसेलन गर्ने फट्वेयर हो जसले २२ भारतीय भाषालाई एक अर्कामा ट्रास्लेट गर्न सहयोग गर्छ ।
अल्ट बालाजी यो भिडियो स्ट्रिमिङ एप हो । यसमा अम्बानी ग्रुपको २५ प्रतिशत शेयर रहेको छ । एम्भीव एआय एप हो । यसमा विद्यालयहरुको टेष्ट परिक्षाको सम्पूर्ण जानकारीदेखि सरकारी परिक्षाहरुको सम्पूर्ण जानकारी राखिएका छन् ।
जियो क्लाउड यो जियोको स्टोरेज एप हो जसमा डेस्कटप वा अनलाइन दुबैमा आफ्ना तथ्यांक स्टोर गर्न सकिन्छ । जियो ह्याप्टिक जुन विजनेसका लागि आवश्यक पर्ने एप हो । सेफ लाइफ यो कन्जुमर आइटम उत्पादन गर्ने कम्पनी हो । जियो फाइबर इन्टरनेट ब्राण्वेथ सर्भिस कम्पनी हो । यस्ता साना सानादेखि ठूला ठूलो उद्योगसम्ममा अम्बानीको लगानी रहेको छ ।
प्रतिक्रिया दिनुहोस