aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ मंसिर २०७९
आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न

काठमाडौं । काठमाडौंस्थित सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ । सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि प्रोफेसर जोन मुरे र अभिभावकहरुको उपस्थितिमा दिक्षान्त समारोह सम्पन्न भएको कलेजले जनाएको छ ।

सो दिक्षान्त कार्यक्रममा बिबिए, बिएचएम र बीएस्सी आइटी उत्तीर्ण ३०८ जना विद्यार्थी दिक्षित भएको कलेजले जानकारी दिएको छ । आइएएमटी ग्रुपले काठमाडौँ, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धन कलेज संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस