काठमाडौं । सुनसरी–१ बाट प्रतिनिसिसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष अशोककुमार राई निर्वाचित भएका छन् । राईले निकटम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार नेकपा (एमाले)को समर्थन रहेका राईले १७ हजार ५९ मत र तामाङले १६ हजार ६०६ मत प्राप्त गरेकी छन् ।
यस्तै‚ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र)का मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस