aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

समानुपातिकमा माओवादीलाई पछि पार्दै घण्टीले लियो अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ मंसिर २०७९
समानुपातिकमा माओवादीलाई पछि पार्दै घण्टीले लियो अग्रता

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक प्रणालीमा राष्ट्रिय स्वतन्त्र पार्टी फेरी तेश्रो स्थानमा चढेको छ । नेकपा (माओवादी केन्द्र)लाई चौथो स्थानमा झार्दै यो पार्टीले मत बढाएको हो ।

निर्वाचन आयोगले राखेको तथ्यांकमा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ५९ हजार ७६ मतका साथ माओवादी केन्द्रभन्दा अघि लागेको हो । माओवादी केन्द्रले भने १० लाख ५१ हजार १ सय ४३ मत ल्याएको आयोगको तथ्यांक छ ।

अहिलेसम्म ९२ लाख २७ हजार ५४ समानुपातिक मतको गणना सकिएको आयोगले जनाएको छ । सुरुदेखि नै पहिलो एमालेले अहिलेसम्म २५ लाख १६ हजार ५ सय ९२ मत प्राप्त गरेको छ भने दोस्रोमा रहेको कांग्रेसले २३ लाख ८५ हजार १ सय ३ मत पाएको छ । 

पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ५ लाख ४४ हजार १ सय ४८ समानुपातिक मत ल्याएको छ भने छैटौं स्थानमा जनता समाजवादी पार्टी (जसपा) ३ लाख १७ हजार ४४ मत प्राप्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस