aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

थापाथलीको वागमती नदी किनारमा मेयर बालेन्द्र विरुद्ध चर्को नाराबाजी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ मंसिर २०७९
थापाथलीको वागमती नदी किनारमा मेयर बालेन्द्र विरुद्ध चर्को नाराबाजी

काठमााडौं ।  थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्तीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध चर्का नारा लगाइरहेका छ । उक्त क्षेत्रमा आज विहानै देखि अशान्त र आक्रोस व्यख्त गरिहेको सुकुमबासीहरु देखिन्थे ।

काठमाडौं महानगरपालिकाका मेयर साहका विरुद्धमा चर्का नारा लगाउँदै स्थानीयले उनको राजीनामादेखि सडकमा सामान्य व्यापारीहरुलाई दुःख दिएको विषयलाई नारा बनाइरहेका छन् । उनीहरुले सुकुम्बासी बस्तीमा नै मेयर साहको पुत्ला समेत जलाएका छन् । उनीहरुले शव राख्ने बाकस (कफिन) माथि बालेनको फोटो राखेर जलाएका थिए । 

मंगलबार बिहान ८ बजेदेखि नै सुकुमबासी बस्तीमा नारावाजी र होहल्ला भइरहेको स्थानीयहरुले बताएका छन् । उक्त स्थानका विभिन्न नाकाबाट स्थानीयहरु आफ्ना घरेलु हतियार सहित बस्तीका चोकहरुमा बसिरहेका देखिन्थे  ।

बस्ती प्रवेश गर्ने सडकहरु उनीहरुले बन्द गराएका छन् । सडकभरी टायर र ढुंगा छरिएका छन् । सुकुमबाुसीहरुले सडकमा नै खाना बनाएर खानका लागि खाना बनाउने ग्यास चुलो लगायतका सामान समेत सडकमा राखेका छन् । 

त्यहा रहेका वृद्धा र बालबालीका समेत उचित बसोबासको व्यवस्था नमिलाई हटाउन लागिएको भन्दै चर्चा नाराबासी गरिरहेका छ ।  उनीहरुले आज बिहान काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पनि प्रदर्शन गरेका थिए । 

सोमबार एकीकृत बागमती सभ्यता विकास समितिले महानगरपालिकाको प्रहरी लगाएर सुकुमबासी बस्तीमा डोजर लगाउन खोज्दा स्थानीयहरुले ढुंगामुडा गरेर लखेटेका थिए । उक्त क्रममा महानगरपाकिलाका तीन दर्जनभन्दा बढी प्रहरी घाइते भएका थिए । 

एकीकृत बागमती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेर हटाउन खोजेको थियो । त्यसक्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावग्रस्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस