aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

गच्छदारले पहिलो पटक चुनाव हारे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ मंसिर २०७९
गच्छदारले पहिलो पटक चुनाव हारे

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री विजय कुमार गच्छदारले पहिलो पटक चुनाव हारेका छन् । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीसँग निर्वाचन हारेका हुन ।  चौधरीले ४० हजार ७८८ मत ल्याउदा गच्छदारले ३५ हजार ६०० मत पाए । 

२०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिकामा रहेका गच्छदार आउने प्रतिनिधिसभामा भने देखिने छैनन् । २०४८ – सुनसरी क्षेत्र नम्बर २ विजयकुमार गच्छदारले नेपाली काँग्रेसबाट २७,७७५ ल्याएर विजय भएका थिए । 

त्यस्तै, २०५१ – सुनसरी क्षेत्र नम्बर २ बाट २१,९६३ मत ल्याएर विजयी भएका थिए । २०५६ – सुनसरी क्षेत्र नम्बर २ बाट २७,५२७,  २०६४ – सुनसरी क्षेत्र नम्बर ३ बाट पार्टी परिवर्तन गरेर मधेशी जनअधिकार फोरम  २३,७६९ ल्याएर विजयी, २०७० – सुनसरी क्षेत्र नम्बर ३ फेरि फोरम लोकतान्त्रिक १७,५२४ ल्याएर विजयी,  नेपाली काँग््रेसबाट २०७४ – सुनसरी क्षेत्र नम्बर ३ बाट ३८,९७२  विजयी भएका थिए । 

प्रतिक्रिया दिनुहोस