काठमाडौं । उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी भएका छन् । परराष्ट्रमन्त्रीसमेत रहेका खड्काले प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जुकुमारी चौधरीलाई २ हजार ३७९ मतान्तरले पराजित गरी आफू विजयी भएका हुन् ।
चौथो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका खड्काले ३१ हजार २७० मत प्राप्त गरे भने चौधरीले २८ हजार ८९१ मत पाइन् ।
प्रतिक्रिया दिनुहोस