aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

समानुपातिकको गनेर सकियो झण्डै एक करोड मत, माधव नेपाल पछिको पछि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ मंसिर २०७९
समानुपातिकको गनेर सकियो झण्डै एक करोड मत, माधव नेपाल पछिको पछि

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनको सुमानुपातिक तर्फको मतगणना लगभग अन्तिम चरणमा प्रवेश गरेको छ । समानुपातिकमा करिब १ करोड ९ लाख मत खसेकोमा हालसम्म ९९ लाख ९३ हजार ५६८ मत गनेर सकिएको छ । 

हालसम्मको मत परिणाम अनुसार समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा (एमाले) ले २६ लाख ९४ हजार १२४ मत ल्याएको छ । दोस्रो नम्बरमा कांग्रेसले २५ लाख ४८ हजार ७७८ मत ल्याउँदा तेस्रोमा नेकपा (माओवादी केन्द्र) ११ लाख ४३ हजार ५०३ मत पाएको छ। 

माओवादीको पछि पछि रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत ल्याएको छ । 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार १०२ मत ल्याएको छ भने जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८८ हजार ४८२ र जनमत पार्टीले ३ लाख ४६ हजार ९७० मत ल्याएका छन् ।

२ लाख ८१ हजार ३४८ मत ल्याएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले भने थ्रेसहोल्ड कटाउछ या कटाउदैन भन्ने आम चासो छ । 

प्रतिक्रिया दिनुहोस