काठमाडौं । प्रतिस्पर्धीसँगको मतान्तर घट्दै गएपछि निर्वाचन हार्ने डरले मतगणना नै रोकेका सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतान्तर बढाएका छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार रहेका कार्कीले मतान्तर बढाउदै अग्रता फराकिलो बनाएका हुन् ।
निर्वाचन आयोगका अनुसार पछिल्लो मत परिणाम अनुसार कार्कीले २६ हजार ५६३ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतको २६ हजार २३५ मत आएको छ । यो भनेको कार्की र कुसियैतबीचमा ३२८ मतको फरक हो ।
प्रतिक्रिया दिनुहोस