aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बालेन्द्र साहले दिए केपी ओलीलाई कडा चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ मंसिर २०७९
बालेन्द्र साहले दिए केपी ओलीलाई कडा चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाईकसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् । थापाथलीका सुकुम्बासी बस्तीमा भएको डोजर प्रकरणमा ओलीले मंगलबार दिएको अभिव्यक्तिको जवाफ दिँदै मेयर साहले परिस्थिति फेरिएको भन्दै सकेको सहयोग गर्न र नसके अरुलाई नभड्काउन चेतावनी दिएका हुन् । 

मेयर साहले अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा महानगरले आफ्नो जिम्मेवारी पूरा गरेको बताएका छन् । ओलीबाट आएको धारणा सामान्य विषय भएको उनको भनाइ छ । ओलीले मन्त्री र प्रधानमन्त्री हुँदा सुकुम्वासी समस्यालाई सम्बोधन गर्न नसकेको आरोप साहले लगाएका छन् ।

साह अगाडि लेख्छन्–‘२०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक–पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो, तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरू तपाईँका लागि भोट बैङ्क मात्रै रहे,’ 

सुकुम्वासीलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गरेको पनि उनको आरोप छ । 

प्रतिक्रिया दिनुहोस