aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ मंसिर २०७९
जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

झापा । बुद्धशान्ति गाउँपालिका४ झोडा बस्ने ३० वर्षीया तुलसा ओलीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा ओली समेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ५ सय रूपैयाँ र कौडा १६ थान सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस