aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

समानुपातिकमा नेकपा एस राष्ट्रिय दल नबन्ने सम्भावना, एमालेले कटायो २७ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ मंसिर २०७९
समानुपातिकमा नेकपा एस राष्ट्रिय दल नबन्ने सम्भावना, एमालेले कटायो २७ लाख

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत १० सिट जितेर चौथो शक्ति बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) समानुपातिकमा भने आठौं नम्बरमा खुम्चिएको छ । यस पार्टीले निर्वाचन कानुन बमोजिम सामान्य थ्रेसहोल्ड कटाउन सकेको छैन । देशमा राष्ट्रिय पार्टी बन्नको लागि समानुपातिक निर्वाचन प्रणालीमा कुल सदर मतको न्युनतम ३ प्रतिशत मत ल्याउनु पर्छ । त्यो भनेको हाल गणना भइरहेको मत हेर्दा ३ लाखभन्दा बढी हो । तर, नेपाल नेतृत्वको पार्टीले हालसम्म २ लाख ८२ हजार ६०६ मत मात्र ल्याएको छ । 

 हाल मतगणना भइरहेको प्रतिनिधिसभाको समानुपातिक प्रणालीमा नेकपा (एमाले) २७ लाख कटाएको छ । निर्वाचन आयोगले १ करोड ४१ हजार १२८ मत गनेर सक्दा एमालेले २७ लाख ९९४ मत ल्याएको हो । 

त्यसैगरी, दोश्रोमा रहेको नेपाली कांग्रेसले २५ लाख ५९ हजार ८४ मत ल्याएको छ भने तेश्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ४५ हजार ३४५ मत ल्याएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार ६४७ मत ल्याउँदा पाँचौमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७१ हजार १४३ मत ल्याएको छ । त्यस्तै जनता समाजवादी पार्टीले ३ लाख ९६ हजार ४५१ मत र जनमत पार्टीले ३ लाख ५९ हजार ८८८ मत ल्याएको छ । 

प्रतिक्रिया दिनुहोस