aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

सिभिल मलको दशैंतिहार उपहार योजनामा सुनि के पुन गौचनले जिते एन्टर्क स्कुटर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ मंसिर २०७९
सिभिल मलको दशैंतिहार उपहार योजनामा सुनि के पुन गौचनले जिते एन्टर्क स्कुटर

काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गरी सिभिल मलले ग्राहकलाई ल्याएको विशेष उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत् सुनि के पुन गौचनले टिभिएस एनटर्कको स्कुटर जितेका छन् । 

त्यस्तै, सन्देश थापा मगरले जाम्न डटकमको तर्फबाट पोखराको राउन्ट ट्रिप, अमन नेगी, उकेन श्रेष्ठ र सुजिता श्रेष्ठले क्रमशः वासिङ मेसिन, फ्रिज र ४३ इन्चको टेलिभिजन सेटसहित अन्य विभिन्न पुरस्कारहरू जितेका छन् । 

मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीका अनुसार यो उपहार योजना असोज ८ गतदेखि कात्र्तिक २६ गतेसम्म लागू गरिएको थियो । मलले सो अवधिमा एक हजार रूपैयाँ वा सोभन्दा बढी रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरी विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो । 

सिभिल मलले उपहार योजनालाई सफल बनाउन सहयोग पुर्‍याउने सबै स्टोरहरू र विशेष गरी क्युएफएक्स सिनेमाज, जगदम्बा मोटर्स र डिएचआई होम अप्लायन्सलाई मुख्य प्रायोजकको रूपमा सहभागी भई कार्यक्रमलाई सहयोग गरेकोमा धन्यवाद दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस