काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको जारी मतगणना अन्तर्गत स्याङ्जा क्षेत्र नं. २ मा नेकपा (एमाले)की उम्मेदवार पद्मा अर्यालले अग्रता लिएकी छिन् । बुधबार बेलुकीबाट भएको मतगणनामा अर्यालले २ हजार ३०४ मत ल्याएकी छिन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले १ हजार ७०३ मत ल्याएका छन् ।
यहाँ १० दिनसम्म रोकिएको मतगणना सुरु भएको हो । स्याङ्जा २ चापाकोटका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस