aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दोलखाका १० मतदान केन्द्र मा आज निर्वाचन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ मंसिर २०७९
दोलखाका १० मतदान केन्द्र मा आज निर्वाचन

काठमाडौं । मंसिर ४ गते भएको मतदानमा बुध कब्जा भएका स्थानहरुमा आज पुन मतदान हुने भएको छ । निर्वाचन आयोगले दोलखाका विभिन्न १० मतदान केन्द्रमा आज निर्वाचन गराउन लागेको हो । 

गत १२ मंसिरमा बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले आज पुनः मतदान गराउने निर्णय गरेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । 

दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउने निर्णय गरेको थियो ।   
 

प्रतिक्रिया दिनुहोस