aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

घट्ला त व्यापारघाटा सरकारको यो कदमले ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
घट्ला त व्यापारघाटा सरकारको यो कदमले ?

काठमाडौं । सरकारले मुलुकमा व्यापारघाटा बढ्दै गएपछि निर्यात प्रवर्द्धन गर्नका लागि विभिन्न २८ वटा वस्तु पहिचान गरेको छ । 

आयात बढ्दै गएपछि सो अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकमा व्यापारघाटा चुलिँदै गएपछि निर्यातयोग्य वस्तुको पहिचान गरिएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यात बढाउनका लागि ती वस्तुहरू पहिचान गरेको हो । पहिचान गरिएका वस्तुमा अलैंची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक, कपडा र धागो, लेदर, जुत्ता, च्याङ्ग्रा पस्मिना, गलैंचा कफी राखिएको छ ।

यस्तै तरकारी तथा तरकारीको बीउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका उत्पादन, फल, हस्तकला, मसुरो, जुट ब्याग, छुपी, रुद्राक्ष पहिचान गरिएको छ ।मन्त्रालयका उपसचिव वुद्धि उपाध्यायले स्वदेशी वस्तुको निर्यात प्रवर्द्धन गर्नका लागि २८ वटा वस्तु पहिचान गरिएको बताए। भती वस्तुहरू कूटनीतिक एजेन्सी, नेपाली दूतावास र दातृ निकायमार्फत प्रवर्द्धन गर्न सुरु गरिएको उनले जानकारी दिए । 

व्यापार विस्तार गर्न निर्यात क्षमताको वस्तु पहिचान गरी प्रवर्द्धन सुरु गरिएको उनले दजानकारी दिए । मुलुकमा आयात बढ्दै गएपनि सो अनुपातमा निर्यात बढ्न सकेको छैन । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १४ अर्ब १८ अर्ब रुपैयाँ बराबरको आयात भएको निर्यात भने ९७ अर्ब रुपैयाँको भएको छ । सो अवधिमा आयातित वस्तुमध्ये ६४।७ प्रतिशतका दरले मुलुकमा भारतबाट ९ खर्ब १७ अर्ब ९२ करोडको वस्तु आयात गरेको थियो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस