aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कच्चा तेलको मूल्य घट्ने क्रम जारी, जनवरी यताकै न्यून मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ मंसिर २०७९
कच्चा तेलको मूल्य घट्ने क्रम जारी, जनवरी यताकै न्यून मूल्य

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने क्रम जारी छ । बुधबार कच्चा तेलको मूल्य ८१ डलरभन्दा तल झरेको छ, जुन जनवरीयताकै न्यून स्तर हो। अमेरिकी कच्चाको भाउ पनि प्रति ब्यारेल ७४ डलरको नजिक पुगेको छ । 

पछिल्लो ८ महिनामा कच्चा तेलको मूल्य २७ प्रतिशतले घटेको छ । पेट्रोलियम विज्ञहरूका अनुसार ब्रेन्ट द्रुत गतिमा ७० डलरतर्फ गइरहेको छ। यसले पक्कै पनि पेट्रोल र डिजेलको मूल्य घटाउने छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा भाउ घटेको एक महिनापछि यसको प्रभाव देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस