काठडमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया अन्तिम चरणमा चलिरहेको छ । मंसिर द्ध गते भएको १६५ क्षेत्र मध्य १६१ क्षेत्रको अन्ति परिणम आइसकेको छ भने सुनसरी–४ को केही बेरमै अन्तिम परिणाम सार्वजनिक हुन लागेको छ ।
त्यस्तै १० दिनदेखि रोकिएको स्याङ्जा–२ मा मंगलबार रातिदेखि मतगणना जारी छ । बाजुरामा आज सर्वदलीय बैठक बस्ने लागेको छ । त्यस्तै विवादित बनेको दोलखाका १० मतदान केन्द्रमा आज मतदान हुँदैछ ।
यस्तो प्रक्रिया अन्तिम चरणमा रहेका बेला समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा रहेको छ । हालसम्मको समानुपातिकको गणनामा नेकपा (एमाले)ले सबैभन्दा बढी २७ लाख २२ हजार ८३३ मत ल्याएको छ ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मत पाएको छ । नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । उसले ११ लाख ५३ हजार ५१६ मत प्राप्त गरेकोछ ।
चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार ७९० मत पाउँदा पाचौँ स्थानको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार ४०६ मत पाएको छ ।
त्यसैगरी, जनता समाजवादी पार्टीले ४ लाख ८ हजार ९६४ मत र जनमत पार्टीले ३ लाख ७६ हजार १९९ मत ल्याएको छ । नेकपा (एकीकृत समाजवादी) भने जम्मा २ लाख ९० हजार १९९ मत ल्याएर थ्रेसहोल्ड कटाउन संघर्षरत रहेको छ ।
प्रतिक्रिया दिनुहोस