
एजेन्सी । चीनमा जिनपिङ सरकारको आलोचना गरेपछि बेपत्ता पारिएका इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा टोकियोमा छन् । अमेरिकी पत्रिका फाइनान्सियल टाइम्सले आफ्नो रिपोर्टमा यो दाबी गरेको छ । रिपोर्टका अनुसार उनी टोकियोमा निकै लो प्रोफाइल राख्छन्। ज्याकको बसोबास गर्ने ठाउँका बारेमा जानकार व्यक्तिले चीनबाट आफ्नो व्यक्तिगत शेफ र सुरक्षा पनि ल्याएको बताएका छन् ।
चिनियाँ सरकारको नीतिको आलोचना गरेपछि ज्याक मा जिनपिङको निशानामा परेका थिए । चीन सरकारले उनको हत्या गर्न सक्ने आशंका थियो । माको कम्पनी ‘एन्ट ग्रुप’को विश्वकै ठूलो आईपीओ पनि रोकिएको छ र अर्बौं डलर जरिवाना समेत गरिएको छ । यो घटनापछि उनीकी आमा बेपत्ता भइन् । उनी आफै सार्वजनिक रुपमा देखा परेका छैनन् ।
उनले अन्तिम ट्विट नोभेम्बर २०२० मा गरेका थिए र उनको एउटा भिडियो २०२१ मा देखिएको थियो। भिडियोमा ज्याकले महामारी सकिएपछि फेरि भेट्नेछौँ भनी लेखेका थिए ।
जापानको आधुनिक कलासँग सम्बन्धित व्यक्तिले जापानमा समय बिताउन वाटर कलर पेन्टिङ गर्ने गरेको जानकारी दिएका छन् । चीन सरकारले गरेको क्र्याकडाउन पछि स्पेन र नेदरल्याण्ड जस्ता देशहरूमा पनि मा देखिएका छन्। एक वर्षअघि नेदरल्याण्ड्सबाट उनको एउटा तस्बिर पनि सार्वजनिक भएको थियो ।
प्रतिक्रिया दिनुहोस