काठमाडौं । स्याङ्जाको क्षेत्र नं. २ को मतगणना रोचक बनेको छ । पछिल्लो मतपरिणाम अनुसार यहाँ नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले अग्रता कायम राखेकी छिन् । अर्यालले २ हजार ९२० मत प्राप्त गरेकी छिन् ।
अर्यालले सुरुवातदेखि नै अग्रता कायम राखेकी हुन् । त्यस्तै, अर्यालकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका धनराज गुरुङले २ हजार ९०९ मत प्राप्त गरेका छन् ।
उनीहरुबीच ११ मतको अन्तर छ। यसअघि धनराजभन्दा पद्मा ४४४ मतले अघि थिइन् । अहिले भने धनराले अफ्नो मतान्तर घटाएका छन् ।
प्रतिक्रिया दिनुहोस