काठमाडौं । सुनसरीको निर्वाचन क्षेत्र नं. ४ मा जारी मतगणना रोचकमाथि रोचक बन्दै गएको छ । सुरुवाती चरणदेखि अगाडि रहेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पछिल्लो समय भने पछि पर्नु परेको छ । उनी एमालेका उम्मेदवार जगदिश प्रसाद कुसियैतको सामना गरिरहेका छन् ।
यस ठाउँमा एमालेका कुसियैतले २९ हजार ९६६ मत पाएका छन् । नेपाली कांग्रेसका कार्कीले २९ हजार ९३९ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस