काठमाडौं । सुनसरीको क्षेत्र नं. ४ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादु्र ार्की जम्मा ४ मतले अगाडि लागेका छन् । सञ्चार, सूचना तथा प्रविधि मन्त्री समेत रहेका कार्कीले ३० हजार ७३ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार जगदिश प्रसास कुसियैतले ३० हजार ६९ मत ल्याएका छन् ।
यहाँ दुई दिन रोकिएर पुनः मतगणना सुरु भएको हो। सुरुवाती चरणबाट कार्कीले अग्रता लिँदैगर्दा एमालेका कुसियैतले पनि एकपटक उछिनेका थिए ।
यो क्षेत्रमा सुरुदेखि नै कांग्रेस र एमाले उम्मेदवारको कडा टक्कर देखिएको छ ।
प्रतिक्रिया दिनुहोस