aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

समानुपातिकमा गनियो १ करोड ७ लाख मत, यस्तो छ पछिल्लो नतिजा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ मंसिर २०७९
समानुपातिकमा गनियो १ करोड ७ लाख मत, यस्तो छ पछिल्लो नतिजा

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्तर्गत प्रतिनिधिसभाको समानुपातिक तर्फको १ करोेड ७ लाखभन्दा बढी मित गनेर सकिएको छ । कुल १ करोड १० लाख मत खसेकोमा त्यति गणना गर्दा हालसम्मको सदर मत १ करोड २ लाख ३० हजार ६५५ हो । अब गन्न अब जम्मा ३ लाख मतपत्र मात्र बाँकी रहेका छन् ।

हालसम्मको मत परिणाम अनुसार नेकपा (एमाले) २७ लाख २८ हजार ६२३ मत ल्याएर अगाडि रहेको छ भने दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९८ हजार ५५६ मत पाएको छ । 

नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५४ हजार ५९१ मत ल्याएर तेस्रो दल बनेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी भन्दा केही कम ११ लाख ६ हजार ९१ मत ल्याएर चौथो दल बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८० हजार ४३४, जनता समाजवादी पार्टी नेपालले ४ लाख १२ हजार ८५८ र जनमत पार्टीले ३ लाख ८१ हजार ४२४ मत ल्याएर थ्रेस होल्ड कटाएका छन् । 

नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले २ लाख ९२ हजार १५८ मत ल्याएको छ । उसले थ्रेसहोल्ड कटाउन सकेको छैन । मत गणना जम्मा ३ लाख मात्रै बाँकी रहेकाले समाजवादी पार्टीले थ्रेसहोल्ड कटाउन सम्भावना कमजोर बनेको छ । 

प्रतिक्रिया दिनुहोस