aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एसियाकै सबैभन्दा ठूलो बस्तीको पुनर्विकास गराउने ठेक्का अदानी समहूले पायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ मंसिर २०७९
एसियाकै सबैभन्दा ठूलो बस्तीको पुनर्विकास गराउने ठेक्का अदानी समहूले पायो

एजेन्सी । विश्वको दोस्रो धनी भारतीय उद्योगपछि गौतम अदानी समूहले भारतको मुम्बईको एसियाकै सबैभन्दा ठूलो बस्ती धराभीको पुनर्विकास गर्ने ठेक्का पाएको छ । अदानी समूहले सबैभन्दा बढी ५ हजार ६९ करोड रुपैयाँ भारुमा आयोजना बनाउने ठेक्का पाएको हो । दोस्रो उच्च बोलीकर्ता एडिएफ समूहले २,०२५ करोड रुपैयाँ भा्ररुको बोली लगाएको थियो । यस टेन्डरमा विश्वका आठ कम्पनीले चासो देखाए पनि वास्तविकतामा तीन कम्पनीले मात्र टेन्डर बुझाएका थिए ।

झण्डै दुई दशकदेखि धारावी पुनर्विकास आयोजना अलपत्र छ । धारावीलाई विश्वको सबैभन्दा ठूलो बस्ती मानिन्छ। यो मुम्बईको एक स्थानमा अवस्थित छ जुन घरहरु जग्गा सुन हुन। यो मुम्बईको मुटुमा बान्द्रा –कुर्ला कम्प्लेक्सको नजिक अवस्थित छ। बान्द्रा–कुर्ला भारतको सबैभन्दा धनी व्यापारिक जिल्ला मानिन्छ। जग्गा अधिग्रहण र पुनर्स्थापनाको जटिलताका बीच यसको पुनर्विकासमा ठूलो मात्रामा कोषको लगानी हुनेछ।

धारावी पुनर्विकास परियोजना २००,००० करोड रुपैयाँ भारुको छ।महाराष्ट्र सरकारले आगामी १७ वर्षमा परियोजना पूरा गर्ने र आगामी सात वर्षमा पुनर्स्थापना पूरा गर्ने लक्ष्य राखेको छ। यस परियोजनाअन्तर्गत २००० जनवरी १ अघिदेखि धारावीमा बसोबास गर्दै आएकाहरूलाई पक्की घर निःशुल्क उपलब्ध गराइनेछ । जबकि, २००० देखि २०११ सम्म यहाँ बसोबास गर्नेहरूले भने शु्रल्क तिर्नुपर्ने छ ।

सन् २००८ मा फिल्म ‘स्लमडग मिलियनेयर’ रिलिज भएपछि यस क्षेत्रले निकै लोकप्रियता पाएको थियो। यो फिल्मले धेरै अवार्ड जितेको थियो । यो क्षेत्र ब्रिटिशद्वारा १८८२ मा बसोबास गरेको थियो। यो मजदुरहरूलाई किफायती आवास उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो। बिस्तारै यहाँ मानिसहरु बढ्न थाले र बस्तीहरु बन्न थाले । यहाँको जग्गा सरकारी छ तर जनताले बस्ती बनाएका छन् ।

२.८ वर्ग किलोमिटर फैलिएको बस्तीमा छालाका सामानहरू र सजावटी भाँडाहरू उत्पादन गरिन्छ। यहाँ उत्पादित सामान स्वदेश तथा विदेशमा बिक्री हुने गरेको छ । यसले एक लाखभन्दा बढीलाई रोजगारी दिएको छ । राज्य सरकार यस सम्पूर्ण क्षेत्रलाई राम्रो शहरी पूर्वाधारको साथ गगनचुम्बी भवनहरूको समूहमा रूपान्तरण गर्न खोजिएको छ ।  धारावीमा ६० हजार परिवार र करिब १२ हजार व्यवसायिक कम्प्लेक्स छन् । यहाँ करिब १ लाख मानिस बस्छन् ।
 

प्रतिक्रिया दिनुहोस