aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने महामन्त्री थापाको भनाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ मंसिर २०७९
अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने महामन्त्री थापाको भनाई

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् । आज एक कार्यक्रममा बोल्दै उनले अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताएका हुन् ।     

“मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन”, उनले भने, “अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ ।” अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उनको भनाइ छ । 

त्यस्तै, नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पनि मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको बताए । “निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्छ”, उनले भने, “अर्थतन्त्र चलायमान बनाउनका लागि सही नीति र सही नेतृत्व आवश्यक छ ।”  

प्रतिक्रिया दिनुहोस