काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ११२ मतान्तरले विजयी भएका छन् । कार्कीले ३० हजार ४८३ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याएका हुन् ।
भोजपुरबाट लगातार ३ पटक चुनाव हारेपछि सुनसरी झरेका कार्कीले २०७४ मा वामगठबन्धनका उम्मेदवार रमेश श्रेष्ठलाई हराएका थिए । ७४ मा कार्कीको ३२हजार ३४७ मत आउँदा प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले २५ हजार ७५० मत ल्याएका थिए ।
प्रतिक्रिया दिनुहोस