सप्तरी । कंचनरुप नगरपालिका ११ गोरपार बस्ने अर्जुन मंडलको घरमा विद्युतको तार सर्ट भई बुधबार दिउँसो आगलागी भई उनकै गोठ र छिमेकी टेक नारायण मण्डलको घर समेत जलेर करिब ८ लाख ३७ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय ठेलियाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस