aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

समानुपातिकमा आठभन्दा माथि चढ्न सकेन एकिकृत समाजवादी, कसको कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ मंसिर २०७९
समानुपातिकमा आठभन्दा माथि चढ्न सकेन एकिकृत समाजवादी, कसको कति पुग्यो ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको समानसपातिक प्रणालीको जारी मतगणना अन्तिम चरणमा पुग्दा पनि नेकपा (एकिकृत समाजवादी)ले थ्रेसहोल्ड कटाउन सकेको छैन । समानुपातिकमा दलका लागि खसेको कुल सदर मत मध्य नयूनतम ३ प्रतिशत मत ल्याउने दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाउने निर्वाचन सम्बन्धी कानून भएको भएता पनि यस पार्टीले थ्रेस होल्ड कटाउने सम्भावना कम बन्दै गएको छ ।

हालसम्म १ करोड २ लाख ५८ हजार ५७७ मत सदर भएकोमा यस पार्टीले हालसम्ममा जम्मा २ लाख ९२ हजार ९८७ मत मात्र पाएको छ । 

पहिलो नम्बरमा रहेको नेकपा (एमाले)ले २७ लाख ३२ हजार७२७ मत ल्याएको छ भने  नेपाली कांग्रेसले २६ लाख ४ हजार ८३४ मत प्राप्त गरेको छ । 

त्यस्तै, नेकपा (माओवादी केन्द्र) ११ लाख ५५ हजार ४५ मतसहित तेस्रो स्थानमा छ भने घण्टी चुनाव चिन्ह लिएर चुनावमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ७ हजार ७४० मत प्राप्त गर्दै समानुपातिकतर्फ चौथो ठूलो दल बनेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८१ हजार १०३, जनता समाजवादी पार्टी, नेपालले ४ लाख १६ हजार १८६, जनमत पार्टीले ३ लाख ८६ हजार ९६ मत प्राप्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस