aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

के गगन थापा प्रधानमन्त्री बन्छन् ? यसो भन्छन् शेखर कोइराला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ मंसिर २०७९
के गगन थापा प्रधानमन्त्री बन्छन् ? यसो भन्छन् शेखर कोइराला

काठमाडौं । मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको लागि जनतासँग मत माग्नु अगाडि नै नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो । पहिले एक्ला एक्लै भिड्ने भनेर उद्घोष गरेको भए पनि एमालेले कतै राप्रपा, कतै राप्रपा नेपाल त कतै जसपामात्र नभई नेपाली कांग्रेसका बागी उम्मेदवारलाई समर्थन गरेर समेत सहकार्य गर्‍यो । भावी प्रधानमन्त्रीका रुपमा नाम अघि बढाइएका ओलीले फराकिलो मतान्तरले जिते पनि । अब अहिलेको प्रतिपक्षी समूहबाट सरकार बन्ने अवस्था आएमा ओली निर्विकल्प प्रधानमन्त्रीका दावेदार बनेका छन् । 

सत्ता गठबन्धनले भने आफ्नो तर्फबाट भावी प्रधानमन्त्री को हो भनेर कसैको नाम अगाडि बढाउन सकेन । पाँच दलीय गठबन्धनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भावी सरकारको नेतृत्व पनि आफैंले गर्ने मनसायमा चुप लागेका देखिए भने गठबन्धनको दोश्रो दल नेकपा (माओवादी केन्द्र)ा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि त्यो आकांक्षा राखेको देखियो जसको कारणले यी शिर्ष तीन नेता आफूले आफैंलाई भावी प्रधानमन्त्रीको रुपमा मनमनै अघि बढाउँदै तैं चुप मैं चुपको अवस्थामा रहे । 

यस पटकको स्थानीय निकायको निर्वाचनदेखि सामाजिक सञ्जालमा मिडिया ट्रायलको रुपमा भाइरल भएको विषय हो नो नट अगेन । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले वृद्ध राजनीतिज्ञलाई बहिस्कार गर्न मेडिया ट्रायल गर्दै गर्दा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्ना मतदाताहरु माझ भावी प्रधानमन्त्रीका रुपमा आफूलाई अगाडि बढाए । उनी भन्दा अग्रजहरुले नरुचाउँदा नरुचाउँदै उनले आफ्नो बारेमा निरन्तर प्रचार गरे । 

काठमाडौंमा परम्परागगत राजनीतिक दलहरुलाई हम्मे हम्मे परेको बेला थापाले राम्रो मत ल्याएर जिते पनि । उनले निर्वाचनमा विजयी भएकै दिन अब भावी प्रधानमन्त्रीको रुपमा पार्टीभित्र संसदीय दलको नेताको निर्वाचनको तयारी गर्ने बताएका थिए । अनि हालसम्म पनि उनले त्यही कुरा बताइ रहेका छन् । 

सत्ता गठबन्धनमा कसले के भन्छ भन्दा पनि नेपाली कांग्रेसका शिर्ष तहका नेताहरुले पार्टीबाट कसको विकल्पमा को उम्मेदवारको नाम लिन्छन् भन्ने चासो हुने गरेको छ । पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत भावी प्रधानमन्त्रीका रुपमा थापालाई ग्रीन सिग्नल दिईसकेका छन् । यस्तैमा पार्टीका प्रभावशाली नेता डा. शेखर कोइरालाले पनि अफ्नो धारणा सार्वजनिक गरेका छन् । 
कोइरालाहरुको विरासत बोकेको विराटनगरस्थित कोइराला निवासमा आज उनले पत्रकार सम्मेलन नै गरेर गगनको बाटो छेक्न संकेत गरेका छन् । गगनको भनाइलाई नै संकेत गर्दै कोइरालाले कसैले प्रधानमन्त्री हुने चहाना राख्दैमा पूरा हुन नसक्ने बताएका हुन् । 

कोइरालाले निर्वाचन भइसकेर नतिजा आइसकेको अवस्थामा अब यो वा त्यो भनेर अल्झिरहनुको अर्थ नरहने बताएका छन् । 

‘पार्लियामेन्ट्री पार्टीको लिडरसिपको लागि मुख्य नम्बर गेम नै हो,’ उनले अगाडि भने,‘ हामीले कोशिस गर्ने हो नम्बर पुर्‍याउन । नम्म्बर गेम लिन प्रयास गर्ने हो, तर नम्बर पुगेन भने शिथिल भएर बस्ने होइन ।’

कांग्रेसकै नेतृतवमा सररकार बनेर गठबन्धनका दलहरु साथै रहने उल्लेख गरेका कोइरालाले अबको प्रधानमन्त्रीको बारेमा भने केही खुलाउन चाहेनन् । 'प्रधानमन्त्री हुन कसैले चाहँदैमा मात्रै हुँदैन । संसदीय व्यवस्थामा नम्बर गेम पनि हुन्छ। पहिले संसदीय दलको नेता हुनुपर्यो नि, उनले भने, यसबारेमा हाम्रो पार्टीमा अहिलेसम्म कुरै भएको छैन। पहिले त यसमा हामी कुरा गर्छौँ। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अरु नेतासँग पनि हामी कुरा गर्छौँ । त्यसपछि मात्रै दलको नेता र प्रधानमन्त्री को बन्ने निर्क्योल हुन्छ ।' –कोइरालाले बताए । 

प्रतिक्रिया दिनुहोस