aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

साढे पाँच लाखमा बच्चाको व्यापार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
साढे पाँच लाखमा बच्चाको व्यापार

काठमाडौं । विवाह भएको १५ वर्षसम्म पनि सन्तान भएन । सन्तान भइहाल्छ कि भनेर अनेकन अस्पताल धाए, अनेकन मन्दिर भाके। यो दौडधुप र छटपटीले नुवाकोटका एक दम्पती गलिसकेका थिए। 

अचानक एक दिन उनीहरूले सुने, बालबालिका खोजतलास केन्द्रमा बेवारिसे बच्चाहरू आउँछन् र तिनलाई प्रक्रिया पुयाएर लैजान पाइन्छ। गत वर्ष माघमा उनीहरू केन्द्रमा पुगे र आफुहरूलाई धर्मसन्तान चाहिएको बताए। केन्द्रले उनीहरूलाई नक्सालस्थित बालमन्दिर पठाइदियो। बालमन्दिरका निर्देशक बालकृष्ण डंगोलले पहिलो भेटमै शिशु मिलाइदिने बताएपछि ती दम्पती खुसीले भावविभोर भए। उनीहरूले विवाह दर्ता प्रमाणपत्र, नागरिकताको फोटोकपीका अलावा गाउँपालिकाबाट सन्तान नभएको सिफारिस, अस्पतालबाट सन्तान हुन नसक्ने रिपोर्ट बालमन्दिरमा बुझाए।

गत वर्ष माघ ४ गते बालमन्दिरमा कागजपत्र बुझाउँदा निर्देशक डंगोलले केही महिनापछि शिश मिलाइदिने बचन दिएका थिए । डंगोलले भनेअनुसार माघ २९ गते उनीहरूले डेढ लाख रुपैयाँ बुझाए। बालमन्दिरले रकम बुझेको रसिद पनि थमायो।

धर्मसन्तान स्विकारेको कुरा थाहा पाउँदा समाजमा अप्ठ्यारो पर्ने भएकाले उनीहरूले काठमाडौंमा डेरा खोजेर केही महिना बस्ने र आफैले सन्तान जन्माएको भनेर गाउँ फर्किने योजना बनाए र माघमै काठमाडौं आए । मासिक ३५ सय तिर्ने गरी एउटा कोठा भाडामा लिए र नयाँ दिनचर्या सुरु गरे। ६ महिनापछि एक दिन डंगोलले फोन गरेर शिशु भेटिएको खबर सुनाए ।

असार २५ गते ललितपुरको बुङमतीस्थित विनायक कोलनी नजिकै सालनालसहितको एकदिने शिशु भेटिएपछि प्रहरीले उद्धार गरी उपचारका निम्ति पाटन अस्पताल पुयाएको थियो। डंगोलले यही शिशुको कुरा गर्दै दम्पतीलाई भनेका थिए, ‘सालनालसहितको बिरामी शिशु भेटिएको छ।
उपचार खर्च बेहोर्ने हो भने मिलाइदिन्छु ।' यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस