aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो टेक २०२२’ आयोजना हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ मंसिर २०७९
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो टेक २०२२’ आयोजना हुने

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अन्तराष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण राठी स्वीच एण्ड केबलद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो टेक २०२२’ आयोजना हुने भएको छ । यहि मंसिर २२ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप स्थित प्रर्दशनीहलमा उक्त कार्यक्रम आयोजना हुने भएको हो । 

विद्युत् तथा विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि उक्त कार्यक्रममा आयोजना गरिएको हो । आफनै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलिकरण गर्दै लान एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापारमा टेवा पुर्याउने उद्देश्य पनि रहेको छ । 

यस वर्ष “नेपालको समृद्धि उर्जा खपत अभिवृद्धिको नारा लिएर “फिन इलेक्ट्रो टेक २०२२” को आयोजना हुँदैछ । फिन इलेक्ट्रो टेक २०२२ मा हल भित्र ४९ वटा ब्लकहरु र हल बाहिर २६ वटा स्टलहरुगरि जम्मा ७५ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन् । जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग न्गउतब सामाग्री, बायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स, उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ । 

प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तर्क्रिरया गरी आफ्ना उत्पादनहरूबारे जानकारी दिनेछन् भने अवलोकनकर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरुका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस