aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

नेपाली काँग्रेसमा प्रधानमन्त्रीका पाँच आकांक्षि, गगन थापाको सम्भावना कति ?

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, १६ मंसिर २०७९
नेपाली काँग्रेसमा प्रधानमन्त्रीका पाँच आकांक्षि, गगन थापाको सम्भावना कति ?

काठमाडौं । नेपाली कांग्रेसभित्र संसदीय दल नेताका लागि पाँच जना आकांक्षी देखिएका छन् । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम नआउँदै कांग्रेसभित्र दलको नेता बन्न दौडधुप सुरु भइसकेको छ ।

सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंह तथा नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेताका लागि आकांक्षा राख्दै आइरहेका छन् । 

सभापति देउवासँग १४ औं महाधिवेशमा प्रतिस्पर्धी बनेका डा। शेखर कोइराला भने दलको नेता र आगामी प्रधानमन्त्रीका विषयमा मौन छन् । दलको नेताका लागि महामन्त्री थापाले भने भेटघाट तीव्र बनाएका छन् । थापा जसरी पनि यसपटक दलको नेतामा लड्ने मनस्थितिसहित अघि बढेका छन् ।

प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम भने आइसकेको छैन । कांग्रेसले प्रत्यक्षतर्फ ५५ सिटमा जित निकालिसकेको छ भने समानुपातिकतर्फ ३२ सिटको आसपास आउने अवस्था छ । यी दुवै संख्या जोड्दा कांग्रेसबाट संसद्मा ८७ जना सांसद्को प्रतिनिधित्व हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस