
काठमाडौं । उच्च शिक्षासँग सम्बन्धित महत्त्वपूर्ण निकाय पदाधिकारीविहीन भएका छन्। पछिल्लो समय विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय सेवा आयोग तथा नेपाल खुला विश्वविद्यालयका परिषद् तथा विभाग रिक्त छन्। लामो समयदेखि नेतृत्वविहीन भएका यी निकायमा नयाँ नियुक्तिका लागि सम्बन्धित निकायले चासो दिएको छैन।
नेपाल खुला विश्वविद्यालयमा सामाजिक शिक्षा, प्रविधि र व्यवस्थापन तथा कानुन सङ्काय २०७८ भदौदेखि डिनविहीन छ। त्यस्तै विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायका डिन पनि गत पुसदेखि रिक्त छ। उपकुलपति डा। शिलु मानन्धर ९वज्राचार्य० यसअघि व्यवस्थापन तथा कानुन सङ्कायको डिन थिइन् । डिनको हैसियतमा उनको कार्यकाल अघिल्लो वर्षको भदौमै सकिएको थियो। उनी गत माघमा उपकुलपतिमा नियुक्त भएकी छिन्।
डा. मानन्धर नियुक्त हुनुअघि उपकुलपति पद नौ महिनादेखि रिक्त थियो। गत पुसमा गोविन्दसिंह विष्ट रजिष्ट्रारमा नियुक्त हुनुअघि उक्त पद पनि नौ महिनासम्म रिक्त थियो। अहिले विश्वविद्यालयको वेबसाइटमा तीनवटै सङ्कायमा पूर्वडिनको हैसियतमा तीन जनाको सन्देश राखिएको छ।
प्रतिक्रिया दिनुहोस