काठमाडौं । विहीबारबाट दोलखाको मतगणनामा शुरु भएको छ । उक्त निर्वाचन क्षेत्रमा नेकपा माओवादीका गङ्गा कार्कीले सुरुवाती अग्रता लिएका छन् । गौरीशंकर गाउँपालिकाको हालसम्म २४२१ गणना गर्दा माओवादीका कार्कीले १ हजार ३५५ मत पाएका छन् ।
एमालेका बालकृष्ण शिवाकोटीले भने ७३६ मत पाएका छन् । उनी कार्की भन्दा ६१९ मतले पछि छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १०४ मत पाएका छन् । दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।
प्रतिक्रिया दिनुहोस