काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना जारी छ । मतदान भएको १० दिनपछि सुरु भएको यहाँको मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायम राखेका छन् ।
नेपाली कांग्रेसका उपसभापति समेत रहेका गुरुङले २४ सय १८ मतले अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार गुरुङले ११ हजार ९ सय २० मत प्राप्त गरेका छन् ।
गुरुङका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार पद्मा कुमारी अर्यालले ९ हजार ५ सय २ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टिक राज गुरुङले ५ हजार १ सय ९२ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस