aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

प्रधानमन्त्री बन्न नदिन यसरी घेराबन्दी गरिदै छ देउवालाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ मंसिर २०७९
प्रधानमन्त्री बन्न नदिन यसरी घेराबन्दी गरिदै छ देउवालाई

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाविरूद्ध दुई महामन्त्री एक ठाउँमा उभिएका छन् । १४ औं महाधिवेशनमा फरकफरक कित्तामा रहेर निर्वाचित विश्वप्रकाश शर्मा र गगन थापा संसदीय दलको नेताका लागि एकै ठाउँमा उभिने भएका हुन् । सभापति देउवासहितका पुराना नेताहरूप्रति जनस्तरमा वितृष्णा देखिएको अवस्थामा आगामी सरकारको नेतृत्वका लागि युवा नेताहरू एक भएर अघि बढ्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।

अबको नेतृत्व युवा पुस्तामा आउनुपर्ने र नयाँ योजनासहित जनभावना अनुसार सरकार हाँक्ने अठोटका साथ दुई महामन्त्री एक ठाउँमा उभिएर सकारात्मक सन्देश दिएको कांग्रेसका दोस्रो पुस्ताका नेताहरू बताउँछन् । आजको समाचार पत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस