aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

समानुपातिकतर्फ कुन कुन दलले थ्रेस होल्ड कटाउने भए ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ मंसिर २०७९
समानुपातिकतर्फ कुन कुन दलले थ्रेस होल्ड कटाउने भए ?

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको गएको मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ नेकपा एमालेले २७.६ प्रतिशत अर्थात ३७ लाख १४ हजार २६१ मत पाएको छ । 

यस्तै, नेपाली कांग्रेसले  २६.४ प्रतिशत ३५ लाख ५१ हजार ९५४ मत पाएको छ भने नेकपा (माओवादी केन्द्र) ले  ११.८ प्रतिशत १५ लाख ९२ हजार ९९३ , राष्ट्रिय स्वतन्त्र पार्टीले १०.४ प्रतिशत १४ लाख १ हजार ४००, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५.६ प्रतिशत ७ लाख ५७ हजार २८१, जनता समाजवादी पार्टी (जसपा) ले ३.६ प्रतिशत
४ लाख ८० हजार ४२, जनमत पार्टीले ३.५ प्रतिशत ४ लाख ६७ हजार ४६०  मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।

 नेकपा एकिकृत समाजवादी २.२ प्रतिशत २ लाख ९४ हजार १८, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १.६ प्रतिशत २ लाख १६ हजार ८३० र अन्य दलहरुले ३.७ प्रतिशत ४ लाख ९७ हजार ६१० मत ल्याएर  थ्रेस होल्ड कटाउन कठिन पर्ने स्थितिमा छन् । 

प्रतिक्रिया दिनुहोस