रुपन्देही । पशुपति कलेजका १७ औं वार्षिकोत्सब, अभिभावक दिवस तथा तेस्रो कलेज सभा भएको छ । रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका १६ कोटिहवामा रहेको कलेजले आफ्नै प्राङ्गणमा कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य छबिलाल विश्वकर्माले कलेजको पूर्वाधार विकासमा सङ्लग्न भएको बताउँदै कलेजको उन्नति मा लागिरहने बताए ।
उनले शैक्षिक संस्थालाई उचाईमा पुर्याउन आफ्नो बुद्धि विवेकले भ्याए सम्म निरन्तर लागि रहने र रुपन्देही क्षेत्र नं. १ मा रहेको सामुदायिक कलेज पशुपति कलेजलाई संरक्षण गर्नु दायित्व रहेको बताए । उनले भने “म यो कलेजको स्थापना काल देखि नै सङ्लग्न हुँदै आएको र अहिले पनि सहयोग र सद्भावका लागि लागि रहनेछु ।”
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले शैक्षिक वतावरण क्याम्पसले बाउनु पर्ने र भौतिक सहयोगका लागि नगरपालिका रहेकोको क्याम्पस सञ्चालकले निरन्तरता र सामुहिक पहल गर्दै अगाडि बढ्न आग्रह गरे । उनले भने “तिलोत्तमा भित्र रहेको शैक्षिक संस्था जोगाउने र शैक्षिक हबको रुपमा विकास गर्नु हाम्रो दायित्व हो । कलेजले नयाँ योजनाका साथ अगाडि बढे नगरले सक्दो सहयोग गर्नेछौं । नगरमा आउने उद्योग कलकारखाना र शैक्षिक क्षेत्रले रोजगारीको वातावरण सिर्जना गर्नु पर्छ ।”
तिलोत्तमा १६ का अध्यक्ष झबिलाल भुसालले वडामा रहेको कलेज शिक्षा क्षेत्रमा सम्भावना बोकेको बताउँदै रुपन्देहीको दुई व्यस्त बजार भैरहवा र बुटवलको बीचमा रहेको पशुपति कलेजलाई थप नयाँ शैक्षिक योजनाका साथ अगाडि बढाउन आग्रह गरे
कलेज व्यवस्थापन समितिका अध्यक्ष तामबहादुर रानाले शैक्षिक उन्नयनमा फड्को मार्दै गएको र अबका दिनमा नयाँ योजनाका साथ अगाडि बढ्ने बताए । उनले यस क्षेत्रका सासंद तथा स्थानीय सरकारहरुले कलेजको गतिविधीलाई प्रष्कृत पार्दै अगाडि बढ्नको लागि सहयोग गर्नु पर्ने बताए ।
कलेजको वार्षिकोत्सवको अवसरमा कलेजले सप्ताहव्यापि कार्यक्रम पनि गरेको थियो । कार्यक्रममा विजेताहरुलाई पुरस्कार तथा सम्मान गरिएको थियो । कलेजले स्नातक प्रथम वर्षमा कलेज टप तीन जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस