aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अवैघ रुपमा इन्टरनेट प्रदान गर्ने कम्पनीमा सिलबन्दी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
अवैघ रुपमा इन्टरनेट प्रदान गर्ने कम्पनीमा सिलबन्दी

काठमाडौँ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिविना इन्टरनेट सेवा प्रदान गर्दै आएको तनहुँको युनिक डिजिटल नेटवर्क प्रालिमा सिलबन्दी गरेको छ । 

उक्त कम्पनीले अवैध रूपमा इन्टरनेट प्रदान गर्दै आएको सूचनाको आधारमा प्राधिकरणको टोलीले अनुगमन गरी सिलबन्दी गरेको निर्देशक विजय रोयले जानकारी दिए । उनका अनुसार कम्पनीले करिब सात सय ग्राहकलाई सेवा प्रदान गर्दै आएको थियो।

इन्टरनेट सेवा उपलब्ध गराउन चाहने प्रदायकले प्राधिकरणबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने कानुनी प्रावधान छ तर डिजिटल नेटवर्कले कानुनको उक्त प्रावधानविपरीत फाइबरमार्फत आफ्नै किसिमले बजार विस्तार गरेको पाइएको रोयले जानकारी दिए । कम्पनीले आफ्नै नाममा बिल जारी गर्दै ग्राहकबाट शुल्क उठाउँदै आएको पाइएको पनि उनले बताए ।

'कम्पनीले न्यूनतम मूल्यमा मासिक नौ लाख र अधिकतम मूल्यमा २० लाख रुपियाँसम्म कारोबार गरेको अनुमान छ,'  उनले भने । 'भदौ ४ गते प्राधिकरणको टोलीले गरेको सिलबन्दीपछि अहिले कम्पनीलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।' यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस