aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दोलखामा एमालेका सिवाकोटीलाई निरन्तर पछि पार्दै माओवादीका कार्की अगाडि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ मंसिर २०७९
दोलखामा एमालेका सिवाकोटीलाई निरन्तर पछि पार्दै माओवादीका कार्की अगाडि

काठमाडौं । दोलखामा सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार यमाओवादी केन्द्रका कार्कीले ७ हजार ९९५ मत प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ७ हजार २९५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनीहरुबीच ७ सय मतको अन्तर रहेको छ ।

अहिलेसम्म १७ हजार २७२ मतगणना भएको छ भने यहाँ ६८८ मत बदर भएको छ ।      

प्रतिक्रिया दिनुहोस