aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

समानुपातिकतर्फ कुन दलले कति मत पाए ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ मंसिर २०७९
समानुपातिकतर्फ कुन दलले कति मत पाए ?

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै रहेकोे छ ।  हालसम्म एमालेले  प्रतिनिधि सभातर्फ समानुपातिकमा २७ लाख ७९ हजारभन्दा बढी मत प्राप्त गर्दा नेपाली कांग्रेसले २६ लाख ४८ हजार मत पाएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २१ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार, जनता समाजवादी पार्टी ९जसपा० ले ४ लाख २० हजार, जनमत पार्टीले ३ लाख ९४ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९४ हजार मत कटाएको छ ।

निर्वाचनमा करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको बताइएको छ । तर, करिब ३ लाख मत बदर भएको भन्ने निर्वाचन आयोगको प्रारम्भिक अनुमान रहेको छ ।  निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ । अहिलेसम्म १ करोड ३ लाख ८२ हजार सदर मत गणना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस