aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

श्रमिकलाई पारिश्रमिकमा ठग्ने अब पर्दैछन् फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
श्रमिकलाई पारिश्रमिकमा ठग्ने अब पर्दैछन् फन्दामा

काठमाडौं । सरकारले श्रमिकका लागि लागू गरेको न्यूनतम पारिश्रमिकलाई कार्यान्वयन गर्न यसको निरीक्षणलाई तिब्रता दिन थालेको छ । 

कतिपय प्रतिष्ठानले श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न नमानिएको देखेपछि अनुगमन तथा निरीक्षणलाई तिब्रता दिइएको हो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष दोब्बर बढी प्रतिष्ठानमा अनुगमन गरिएको छ । 

सरकारी कर्मचारीको वृद्धि भएको पारिश्रमिक साउनबाट कार्यान्वयनमा आएपनि न्यूनतम पारिश्रमिकसम्बन्धी कानुन यस अघि लागू भइसकेको छ ।

सरकारले श्रमिकको न्यूनतम पापिश्रामी निर्धारण गरेसँगै कार्यान्वयनका लागि प्रतिष्ठानको निरीक्षण गर्नुपर्ने देखिएपछि यसलाई तिब्रता दिएको हो ।  यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस