काठमाडौं । स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मतान्तरको अग्रता बढाउँदै लगेका छन् । नेकपा एमालेको उम्मेदवार रहेकी पार्टी सचिव पद्मा अर्याललाई उछिन्दै गुरुङले मतान्तर बढाएका हुन् ।
हालसम्मको मत परिणाम अनुसार गुरुङले २२ हजार ४८० मत पाएका छन् भने अर्यालको मत २० हजार २६७ रहेको छ । उनीहरुबीचको मतान्तर २ हजार ९३ जम्मा हो । यसअघि उनीहरुको मतान्तर २ हजार २१३ थियो ।
यहाँ जम्मा खसेको मत ७० हजार १९१ मत खसेको थियो । नेकपा (एमाले)ले नेपाली कांग्रेसका कार्यकर्ताहरुले धाँदली गरेको आरोप लगाउँदै निर्वाचन रद्ध गर्नु पर्ने माग गरेको थियो । जसको कारणले निर्वाचन सम्पन्न भएको १० दिनसम्म पनि यहाँ मतगणना हुन सकेको थिएन ।
निर्वाचन आयोगले तत्काल मतगणना गर्न निर्देशन दिएपछि निर्वाचन अधिकृतको कार्यालयले बुधबार सर्वदलीय बैठक बोलाएर साँझदेखि मतगणना सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस