aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

माओवादीले एमालेसँग मिलेर सरकार बनाउन सक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ मंसिर २०७९
माओवादीले एमालेसँग मिलेर सरकार बनाउन सक्ने

काठमाडौं । निर्वाचनको परिणाम नआउँदै सरकार बनाउने छलफलले व्यापकता पाएको छ । शनिबार नेकपा माओवादी केन्द्रले निर्वाचनको समिक्षा र सरकार गठनका बारेमा छलफल गर्दै अब आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्न सक्ने सम्भावना खुला राख्ने निर्णय गरेको छ । माओवादीले शनिबारको बैठकमा जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे छलफल भएको हो । 

एमालेसँग पनि मिलेर सरकार बनाउने विकल्प खुल्ला राखेको र अब ठूला भनेका सरकारसँग मिलेर सरकार बनाउन सक्ने निर्णय गरेको छ । माओवादीले पहिलो चरणमै आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दैं आएको छ।  नेपाली काँग्रेसले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई कुन पार्टीले प्रधानमन्त्री दिन्छ त्यहि पार्टीलाई समर्थन गर्न सक्ने सम्भावना रहेको एक माओवादीले बताए । 

यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रतिनिधिसभातर्फ १७ स्थानमा जित हासिल गरेको छ भने प्रदेशसभामा ५३ स्थानमा विजयी भएको छ । दोलखामा भने मतगणना जारी छ । त्यहाँ सत्ता गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार गङ्गा कार्की अग्रस्थानमा छन । बैठक आइतबार पुनः २ बजे बस्नेछ ।
 

प्रतिक्रिया दिनुहोस