aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मापदण्डविपरीत ६ हजार भन्दा बढी घर छन् पोखरामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
मापदण्डविपरीत ६ हजार भन्दा बढी घर छन् पोखरामा

पोखरा । ‘हिमालको लोभले म पोखरा बसेँ, हिमाल छेक्केगरी पोखरामा जथाभावी अग्ला घर बन्दा मैले सजिलै हिमाल देख्न पाउँदिन,’ यो भनाई हो पर्यटनविद् झलक थापाको । ५० वर्षदेखि पोखरालाई राम्रोसँग नियाल्दै आएका उनलाई पोखरामा हाल जथभावी रुपमा बनेका अग्ला घर देख्दा चित्त दुख्न गरेको छ । 

फेवाताल वरीपरी जब अग्ला घर बन्न थाले र जथभावी फोहोर तालमा मिसाउन थालियो, त्यसयता झण्डै अढाई दशकदेखि पानीसमेत नछोएको उनी बताउँछन् ।

पोखरामा अग्लाभन्दा राम्रो र आकर्षक प्रायः सबैजसोका घरबाट हिमाल, ताल नजिक हुनेको ताल देखिने घर बनाउन उनले सुझाव दिँदै आउँदा जथवाभी अग्ला घर बन्न थालेपछि २०५३ साल देखि यस विषयमा बोल्न छोडेको उनले बताए । यो  समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस