aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

काँग्रेसले प्रतिनिधिसभामा थप एक सिट थप्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ मंसिर २०७९
काँग्रेसले प्रतिनिधिसभामा थप एक सिट थप्यो

स्याङ्जा ।  नेपाली काँग्रेसले प्रतिनिधिसभामा थप एक सिट थपेको छ । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएसँगै काँग्रेसलाई एक सिट थपिएको छ ।

शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पद्यमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । उनीहरुबीचको मतान्तर ५ हजार ६२७ छ ।

प्रतिक्रिया दिनुहोस